Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्रोत नखुलेको नगद ६८ लाख रुपियाँसहित चार जना प्रहरीको नियन्त्रणमा - Brighter Network


पुस ३ गते । काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित  शम्भुमार्गबाट स्रोत नखुलेको नगद ६८ लाख रुपियाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ दोभानपुल बस्ने ४६ वर्षीय राजकुमार माली, सोही महानगरपालिका–१० नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, सोही महानगरपालिका–७ शान्तिगोरेटो बस्ने झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेशकुमार पौडेल र झापा बिर्तामोड नगरपालिका–५ घर भएका २७ वर्षीय युवराज सुवेदी छन् ।


प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले प्रदेश.३–०१–०२२ च १९७२ नम्बरको कारमा सवार उनीहरूलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको प्रहरीद्वारा जारी बुलेटिनमा उल्लेख छ ।


यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका–१ नौडिहवाबाट स्रोत नखुलेको नगद ६ लाख रूपियाँसहित भारत महाराजगञ्ज सुनौली घर भएका ४८ वर्षीय डिम्पल भन्ने अङ्गदकुमार गुप्तालाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले लु.८८ प ५१६० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त स्रोत नखुलेको नगदसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom