जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदी का अनुसार लुटपाट भएको बैंकबाट करिब ३ करोड १० लाख ९५ हजार २ सय ८३ रुपैयाँ चोरी भएको प्रारम्भिक विवरण छ। त्यसमध्ये २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैयाँ मंगलबार रातिदेखि बुधबार दिनभर गरिएको खोजतलासका क्रममा बरामद गरिएको छ। बाँकी ४२ लाख ४० हजार १ सय ८ रुपैयाँ भने अझै फेला नपरेको प्रहरीले जनाएको छ।
घटनापछि तत्कालै सक्रिय बनेको प्रहरीले स्थानीयको सहयोगमा लुटपाटमा प्रयोग गरिएको बा १ ज ०३९८ नम्बरको टाटा सुमो र त्यसका चालक भवत सिंह थापा लाई घ्याङ्लेख गाउँपालिका–१, टुनिभञ्ज्याङबाट नियन्त्रणमा लिएको थियो। उक्त सवारी साधन बनेपाबाट रिजर्भ गरी लुटपाटकै उद्देश्यले प्रयोग गरिएको खुलेको छ।
यसै प्रकरणमा बैंक सञ्चालन भइरहेको घरका घरधनी छविलाल स्याङ्ताङ लाई महोत्तरीबाट पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको छ। त्यस्तै, घटनामा संलग्न भएको आशंकामा अन्य चार जनालाई घ्याङ्लेख गाउँपालिका–१, सुकाचुरी क्षेत्रबाट स्थानीयवासीको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार राति करिब पौने ९ बजे सात जनाको समूह बैंकमा प्रवेश गरी सुरक्षागार्ड रुद्रबहादुर कार्की लाई नियन्त्रणमा लिँदै खुकुरी प्रहार गरी सामान्य घाइते बनाएको थियो। त्यसपछि बैंकका कर्मचारीलाई बाँधेर लकरको साँचो प्रयोग गरी रकम लुटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
एसपी सुवेदीका अनुसार लुटपाट सुनियोजित र फिल्मी शैलीमा गरिएको देखिन्छ। नकाबधारी समूह खुकुरी तथा चक्कु लिएर आएको र भाग्ने क्रममा लुटिएको रकम बोरा–बोरामा बोकेर हिँड्दा केही रकम जंगल क्षेत्रमा छरिएको अवस्थामा समेत फेला परेको प्रहरीले जनाएको छ। घटनास्थल तथा आसपासबाट खुकुरीलगायतका दसी प्रमाणहरू समेत बरामद गरिएको छ।
प्रहरीले घटनामा प्रत्यक्ष संलग्नमध्ये दुई जना मुख्य योजनाकार अझै फरार रहेको जनाएको छ। साथै, लुटपाटमा स्थानीय संलग्नता भए–नभएको विषयमा पनि अनुसन्धान अघि बढाइएको छ।
स्थानीयवासीको सक्रियता र सहयोगका कारण अनुसन्धान प्रभावकारी बनेको एसपी सुवेदीले बताए। लुटिएको रकम खोजी, बरामद तथा अभियुक्त पक्राउका लागि स्थानीय युवाहरू मंगलबार रातभर र बुधबार दिनभर प्रहरीसँगै खटिएका थिए।
घटनाको रहस्य क्रमशः खुल्दै गएको र अनुसन्धान निष्कर्षमा पुगेपछि सबै विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ। पक्राउ परेका छ जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको छ।घ्याङ्लेखस्थित नेपाल एसबीआई बैंक लुटपाट प्रकरण : ६ जना पक्राउ, अधिकांश रकम बरामद
सिन्धुली — घ्याङ्लेख गाउँपालिका–२ बस्तीपुरमा रहेको नेपाल एसबीआई बैंकको घ्याङ्लेख शाखा मा मंगलबार राति भएको लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान अन्तिम चरणमा रहेकाले पक्राउ परेकाहरूको पहिचान हाल सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।

घटनाको रहस्य क्रमशः खुल्दै गएको र अनुसन्धान निष्कर्षमा पुगेपछि सबै विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ। पक्राउ परेका छ जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको छ।