सप्तरी । राजविराज नगरपालिकामा बेवारिसे अवस्थामा फेला परेका एक वृद्ध पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
राजविराज नगरपालिका–६ स्थित लिल्जा टोलको भित्री सडक खण्डमा पुस २५ गते कठ्याङ्ग्रिएको अवस्थामा फेला परेका ती पुरुषलाई प्रहरीले उद्धार गरी उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा भर्ना गराएको थियो।
करिब ६० वर्ष उमेर अनुमान गरिएका नाम–ठेगाना नखुलेका ती पुरुषको उपचारकै क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो।
मृतकको पहिचान खुल्न नसकेकाले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






