आश्विन ३० , हत्या पश्चात् जंगलमा गाडिएको अवस्थामा दुई जना बालबालिकाको शब फेला परेको छ । दाङको तुलसीपुर उपहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोही ठाउँका दुई बालबालिकाको शब गाडिएको अवस्थामा फेला परेको हो ।
तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षका शरद आचार्य र १४ वर्षकी रोशनी महतारालाई आइतबार जंगलमा गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष पौडेलले जानकारी दिए ।
दुवै जनाको शव एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको हो । प्रहरी, जनप्रतिनिधि र स्थानीयले शबको उत्खनन गरेपछि पहिचान खुलेको छ ।
शबलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउन लागिएको छ ।
घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।




