असोज १० गते । रामेछापको भटौली आसपासलाई केन्द्रबिन्दु बनाएर आज दिउँसो २ बजेर १४ मिनेटमा ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भूकम्पको धक्का आसपासका जिल्लामा पनि अनुभव गरिएको भए पनि अहिलेसम्म मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।
यसअघि असोज १ गते पूर्वी रुकुम र बागलुङको सीमा क्षेत्र पातिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो।
नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्र भएकाले समय–समयमा साना–ठूला धक्का महसुस हुने गरेको विज्ञहरूले बताउँदै आएका छन्।




