कार्यक्रमका प्रमुख अतिथि समाजका आजीवन सदस्य तथा जेष्ठ नागरिक महोदत्त काफ्ले रहनुभएको थियो भने विशेष अतिथिका रूपमा समाजका पूर्व अध्यक्ष एवं अर्जुनचौपारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डा. भवानी शंकर पौडेल सहभागी हुनुभएको थियो । कार्यक्रममा समाजका संरक्षक हेमनारायण चापागाई र जमुना शर्मा चापागाईले पनि आफ्ना धारणा राख्नुभएको थियो ।
साधारण सभामा अर्जुनचौपारी पोखरा सम्पर्क समाजका उपाध्यक्ष गोविन्द सापकोटा एवम् पालिकाभित्र क्रियाशील विभिन्न सम्पर्क समाजका अध्यक्ष तथा प्रतिनिधिहरू देवीलाल केसी, ,कारण बहादुर गुरुङ, प्रताप पौडेल र दीपक रोकायले शुभकामना मन्तव्य राख्दै समाजबीचको आपसी सहकार्य, एकता र सामाजिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
प्रमुख अतिथि महोदत्त काफ्लेले आफ्नो मन्तव्यमा समाजले रापाकोटबाट पोखरामा बसोबास गर्ने समुदायलाई एकताबद्ध गर्दै सामाजिक, सांस्कृतिक तथा सहयोगात्मक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो । उहाँले यस्ता साधारण सभा र पारिवारिक वनभोज कार्यक्रमले आपसी सद्भाव, पहिचान र भावनात्मक सम्बन्ध मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजकी उपाध्यक्ष सिता लम्साल चापागाईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समाजकी सदस्य मन्जु पौडेलले गर्नुभएको थियो । समाजका कोषाध्यक्ष लाल प्रसाद चापागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समाजको आय–व्यय, आर्थिक अनुशासन र आगामी योजनाबारे जानकारी गराउनुभयो ।
सल्लाहकार विष्णु काफ्ले, धर्मदत्त पौडेल, मेघनाथ काफ्ले लगायतले समाजको निरन्तर प्रगतिका लागि शुभकामना सन्देश व्यक्त गर्नुभएको थियो । कार्यक्रम संयोजक प्रेमलाल लम्सालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
साधारण सभासँगै आयोजित पारिवारिक वनभोज कार्यक्रममा सहभागीहरूले आपसी भेटघाट, सांस्कृतिक आदानप्रदान र मनोरञ्जनात्मक गतिविधिमा सहभागिता जनाउँदै खुसी साटासाट गरेका थिए । समाजले आगामी दिनमा पनि यस्ता रचनात्मक तथा एकतामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।






