Breaking Posts

Type Here to Get Search Results !

प्रथम गण्डकी प्रदेश स्तरिय नेपाली तथा अगेंजी हस्तलेखन प्रतियोगिता सम्पन्न, शदिक्षा अधिकारी प्रथम - ब्राइटर खबर

Top Post Ad

 


बुक्स बजारको आयोजनामा  प्रथम गण्डकी प्रदेश स्तरिय नेपाली तथा अगेंजी हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । पोखरामा अवस्थित  ग्लोवल कलेजियट माविमा दुइ चरणमा गरेर प्रतियोगिता सम्पन्न भएको हो । 

पहिलो चरणमा करिब ७ सय र दोश्रो चरणमा १ सय २४ जना सहभागि भएको प्रतियोगितामा कालिका माविकी छात्रा शदिक्षा अधिकारीले  प्रथम स्थान प्राप्त गरेकी छन् । 

 विजेता भएकी अधिकारीले उपाधि सहित बर्ष भरीको लागि आवश्यक पर्ने शैक्षिक सामाग्रि सहित नगद पुरस्कार प्राप्त गरेको  प्रतियोगिताका सूचना अधिकारी नविन कुमार अधिकारीले बताउनुभयो   ।

छिट्टै उत्कृष्ट प्रतियोगीहरुको हस्तलेखन सहितको पुस्तक समेत प्रकाशन गरिने कार्यक्रमका संयोजक शेरबहादुर क्षेत्रीले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रतियोगिताका संयोजक क्षेत्रीले निकट भविष्यमै राष्ट्रिय तहको प्रतियोगिता संचालन गरीने जानकारी दिनुभयो ।

सदस्य लेखमाया गुरुङका अनुसार  प्रतियोगितामा सामुदायिक तथा निजी बिद्यालयका ४३ बिद्यालयको सहभागिता रहेको थियो ।

गण्डकी प्रदेश प्याव्सन अध्यक्ष एवं एकता आवासिय वोर्डिङ स्कुलका प्राचार्य दीनेश श्रेष्ठले पुरस्कार प्रायोजन गरेको कार्यक्रममा  ओएलए नेपाल, यूनिप्स कास्की, आमा घर पाठशाला, लक्ष्मी आवासिय मावि, कालिका मावि, ग्लोवल गलेजियट लगायतका संस्थाहरूको सहयोग रहेको थियो ।

post bottom ads

Ads Bottom