Breaking Posts

Type Here to Get Search Results !

वडा अध्यक्ष विरुद्व छ लाख दश हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर - Brighter

Top Post Ad


भदौ १ गते। कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तिलकराम कँडेलविरुद्व छ लाख दश हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार वडाअध्यक्ष कँडेलले शङ्करपुर तालको ठेक्का बापतको रकम विजयनगर गाउँपालिकाको खातामा जम्मा नगरी आफैंले लिइ सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप लागेको हो। 

ठेक्का कार्यमा पत्थरदेईया गाउँ विकास समिति कार्यालयका तत्कालीन गाविस सचिव कृष्णकुमार चौधरी र ठेकेदार सेराज महम्मदबीच सम्झौता भएको सम्झौता बमोजिम दुई लाख ७० हजार रुपियाँ विजयनगर गाउँपालिकाको खातामा जम्मा नभएकोले उनीहरुविरुद्व  भ्रष्टाचार निवारण ऐन अनुसार सजायको मागदाबीसहित शुक्रबार विशेष अदालत, काठमाडौंमा अरोपपत्र दायर भएको हो। 

post bottom ads

Ads Bottom