बागमती प्रदेश ०२–०३२ प ३३१३ नम्बरको मोटरसाइकल गएराति सूर्यविनायक नगरपालिका–५ चुनदेवी आकासे पुल नजिक दुर्घटना भएको हो ।
मोटरसाइकल चालक रामेछाप मन्थली नगरपालिका-४ घर भई काभ्रेको जोरपाटी बस्ने ३७ वर्षीय विनोदप्रसाद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले बताउनुभयो ।