डिआर काफ्ले ,
अर्जुनचौपारी गाउँपालिकाले अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
पालिकाले  पोषणसम्बन्धी विषयामा अन्तर विद्यालय स्तरीय आधारभूत र माध्यमिक तहको वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको हो । 
आधारभूत तहको लागि “मानव जीवनमा पोषणको महत्त्व” भन्ने शीर्षकको वक्तृत्वमा  पञ्चकन्या मा.वि. कि सुप्रीया क्षेत्रीले  प्रथम ,  अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीकी सुलता थापा मगरले द्वितीय र घण्टे मा.वि.की छात्रा निर्मला गुरुङले  तृतीय स्थान प्राप्त गरेका थिए  ।
त्यस्तै  माध्यमिक तह (९-१२) को लागि “पोषणमैत्री पालिका निर्माणमा विद्यार्थीको भूमिका” शीर्षकमा भएको वक्तृत्वमा  घण्टे मा.वि. का छात्र प्रवीण बिक प्रथम,  जन माविका छात्र अनीश चापागाईँ द्वितीय र  अर्जुनचौपारी चिल्ड्रेन एकेडेमीका छात्र सचिन तृतीय भएका छन् । 
कार्यक्रममा विजेता विद्यार्थीहरूलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।






 
 
 
 
 
 
 
 
 
 
 
 Posts
Posts
 
