Breaking Posts

Type Here to Get Search Results !

पोखरामा सहकारी संस्थामा तोडफोड गर्ने ९ जना पक्राउ - Brighter Khabar

Top Post Ad


पोखरा- कास्की पोखरा महानगरपालिका वडा नम्बर ३० मा  सहकारी संस्थामा तोडफोड गर्ने ९ जना पक्राउ परेका छन् । 

शिसुवामा रहेको चक्रदेवी सहकारी संस्थामा तोडफोड गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा  माछापुच्छ्रे गा.पा. ५ रिवान बस्ने वर्ष ३६ को प्रकाश बि.क.,  झापा भद्रपुर न.पा.३ बस्ने वर्ष ४० को राजीव प्रसाईँ, पोखरा म.न.पा.२७ लेखनाथ बस्ने वर्ष ४२ को गणेश शाही, लेखनाथ बस्ने वर्ष २९ को समिन बि.क,  लेखनाथ बस्ने वर्ष २७ को संजिप सुनार, वर्ष ५२ को यम ब.चौरेली, वर्ष ४९ की कृष्ण कुमारी चौरेली,  रुपन्देही ११घर बताउने वर्ष ४७ की कमला चन्द र  नवलपरासी बताउने वर्ष ४२ की विष्णु बोहरा रहेको कास्की प्रहरीले जनाएको छ  ।

निजहरूले सहकारीका कर्मचारी माथि हातपात गर्नुका साथै  कागजपत्र हिनामिना तथा टेलिफोन तथा नेटको तार समेतमा क्षति पुर्‍याएको प्रहरीले जनाको छ ।

post bottom ads

Ads Bottom