Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लुभुमा ‘अन टेस्ट’ ईभी हाइस दुर्घटना, चालकसहित चार जना घाइते; दुईको अवस्था गम्भीर



ललितपुर, भदौ ६ गते । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभुस्थित नरकट्टेमा नम्बर प्लेट नलिएको ‘अन टेस्ट’ विद्युतीय हाइस दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अनियन्त्रित भएको हाइस सडक छेउको घरको गेटमा ठोक्किएपछि गेटनजिक पार्किङ गरेर राखिएको बा.१८ च ९२८८ नम्बरको कारमा समेत ठोक्किएको थियो। दुर्घटनामा कारमा सामान्य क्षति पुगेको छ।

दुर्घटनामा घाइते हुनेमा हाइस चालक महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय अखिल राजथला रहेका छन्। उनको अवस्था गम्भीर रहेको र किस्ट अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै, महालक्ष्मी नगरपालिका–७ चागाथलीका २५ वर्षीय आशिष महर्जन पनि गम्भीर घाइते भएका छन्। उनको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अन्य घाइतेमा मकवानपुर घर भई हाल महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने १८ वर्षीया एलिसा लामा र महालक्ष्मी नगरपालिका–८ लुभुका २६ वर्षीय राज महर्जन रहेका छन्। एलिसाको अवस्था मध्यम र राजको अवस्था सामान्य रहेको जनाइएको छ। दुवैको किस्ट अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनाका बेला हाइसमा चालकसहित चार जना मात्र सवार थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom