जेठ १०, स्याङ्जामा  एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् ।  स्याङ्जा चापाकोट नगरपालिका वडा नं. -०८ खोरीयाघाट स्थित कालिगण्डकी नदिका किनारमा पुरुषको शव भेटिएको हो । 
चापाकोटका  ५१  वर्षीय  हस्त बहादुर माझी   बुधवार  दिउसो ४  बजेको समयमा मृत भेटिएका हुन् ।
स्थानीयले नदी किनारमा  शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । 
प्रहरीले  शवको  मुचुल्का समेतको कार्य सम्पन्न गरी लास पोस्टमार्टमको लागि चापाकोट अस्पतालमा स्याङ्जामा पठाएको छ  ।
उनी जेठ आठ गते कालिगण्डकी नदीमा माछा मार्न जान्छु भनी जाल लिई एक्लै गएको पारिवारिक स्रोतले जनाको छ ।





 
 
 
 
 
 
 
 
 
 
 
 Posts
Posts
 
