पोखरा, मङ्सिर ६ गते । कास्की प्रहरीले लागू औषध सहित १ जनालाई पक्राउ गरेको छ । बुधवार जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले २६ वर्षीय कपिल घिमिरेलाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका वडा नं.२९ भण्डारढिक नयाँवस्ती स्थितमा गस्ती गर्दै जाँदा सोही स्थान बस्ने २६ वर्षीय कपिल घिमिरेले लागू औषधको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा घिमिरेको घर कोठा खानतलासी लिँदा घिमिरे सुत्ने कोठाको भित्तामा कालो झोलाभित्र लुकाई छिपाई राखेको लागू औषधसहित पक्राउ गरिएको हो ।
उक्त स्थानबाट लागू औषध डाईजापाम- २२८ एम्पूल, फेनेरागन- २१२ एम्पुल, र ब्रुफिन- २२२ एम्पूल गरी जम्मा ६६२ (छ सय बैसठ्ठी) एम्पुल लागू औषध र मोबाइल फोन थान-१ समेत फेला परेको प्रहरीले जनाएको छ ।
घिमिरेलाई नियन्त्रणमा लिई सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन (१०) दश म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।


.png)

