काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार स्थायी घर धनकुटा पाख्रिवास नगरपालिका–८ भइ हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९, जोरपाटी बस्ने गिरीले अमेरिका पठाउने भनी तीन जनाबाट २४ लाख रकम लिएका थिए।
यसैगरी, स्थायी घर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ भइ हाल भक्तपुर सुर्यविनायक नरगपालिका- ५, सल्लाघारी बस्ने २० वर्षीय मिसन गुरुङले माल्टा पठाउने भनी तीन लाख पाँच हजार रुपियाँ ठगी गरेको प्रहरीले जनाएको छ।
उनीहरुले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरुमा लैजाने भनी लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाइ सम्पर्कविहिन भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार उनीहरुमाथि थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।