Breaking Posts

Type Here to Get Search Results !

युवकलाई निर्घात कुटपिट गर्ने प्रहरी निलम्बनमा - Brighter Network

Top Post Ad


माघ ७, चितवनमा युवकलाई निर्घात कुटपिट गरेका प्रहरी निलम्बनमा परेका छन्। असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले जानकारी दिए।


उनका अनुसार पुस १५ गते राति ११ बजे भरतपुर महानगरपालिका-११ तीनखोले गुम्बानजिकै बाइपास रोडमा चेकिङ्गका क्रममा भुजेलले युबकमाथि कुटपिट गरेका थिए।


असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत थिए।


सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान सुरू गरेको थियो।


डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको छ। उक्त समितिले घटनाबारे छानबिन गरिरहेको छ।

post bottom ads

Ads Bottom