Breaking Posts

Type Here to Get Search Results !

महाशिवरात्रीमा भक्तजनको मोबाइल चोरी गर्ने दुई जना पक्राउ - Brighter Network

Top Post Ad


काठमाडौं, २०८१ फागुन १६ – महाशिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा आएका श्रद्धालु भक्तजनको मोबाइल चोरी गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। अस्थायी प्रहरी बिट गुम्बा, बालाजुबाट खटिएको प्रहरी टोलीले २०७८ फागुन १४ गते साँझ करिब साढे पाँच बजे बालाजु बसन्तनगर गुम्बा नजिकैबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दुबै जना गोरखा जिल्ला निवासी हुन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–६, हाल गोंगबु, काठमाडौं बस्ने  ३१ वर्षीय बिजय मगर र बारपाक गाउँपालिका–४ घर भएका हाल गोंगबु बस्ने  ३४ वर्षीय अभिषेक गुरुङ रहेका छन्।  


प्रहरीले उनीहरूबाट चोरी गरिएका विभिन्न कम्पनीका १० थान मोबाइल बरामद गरेको छ । साथै, उनीहरूबाट नगदचार हजार रुपैयाँ र कालो रङको पछाडि भिर्ने झोला समेत फेला परेको छ।  


पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।  काठमाडौं जिल्ला अदालतबाट उनीहरूका लागि फागुन १४ गतेदेखि लागू हुने गरी पाँच दिनको म्याद थप अनुमति प्राप्त भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

post bottom ads

Ads Bottom