Breaking Posts

Type Here to Get Search Results !

देशका केही भागमा हावाहुरीसहित वर्षा र हिमपातको सम्भावना, महाशाखाले सतर्क रहन आग्रह -Brighter Network

Top Post Ad


चैत ३, हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुले मौसममा आंशिक प्रभाव पारिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ भने लुम्बिनी प्रदेश र अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम प्रायः सफा रहेको छ। कर्णालीका केही स्थान र सुदूरपश्चिमका एक-दुई स्थानमा हाल मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली र अन्य पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भागमा मौसम सामान्यतः सफा रहनेछ। सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा केही स्थानमा तथा अन्य पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। अपराह्नतिर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने महाशाखाको अनुमान छ।

राति कोशी प्रदेश र देशका अन्य पहाडी भागहरूमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम प्रायः सफा रहनेछ। पहाडी क्षेत्रमा एक-दुई स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहँदा कोशी र मधेशका केही स्थानहरूमा हावाहुरी पनि चल्न सक्नेछ।

महाशाखाले मौसमको यो अवस्थाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


post bottom ads

Ads Bottom