Breaking Posts

Type Here to Get Search Results !

नेपाल प्रहरीको डिएसपी हुँ भन्दै विभिन्न बहानामा रकम ठगी गर्ने व्यक्ति पक्राउ - Brighter Network

Top Post Ad


फाल्गुन २८, नेपाल प्रहरीको वरिष्ठ अधिकृत (डीएसपी) हुँ भन्दै विभिन्न व्यक्तिलाई झुक्याएर लाखौं रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति जिल्ला भक्तपुर, सूर्यविनायक नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३ बसोबास गर्ने ४७ वर्षीय राजु कर्मी श्रेष्ठ हुन्।

प्रहरी वृत्त महाराजगञ्जमा केदार प्रसाद पौडेल, सम्भु प्रसाद पौडेल, सुजन थापा र नारायण बहादुर राउतलगायतले उजुरी दर्ता गराएका थिए। उनीहरूले ९७०९२७८९०७ नम्बरबाट ‘राजु श्रेष्ठ’ नाम बताउने व्यक्तिले आफू नेपाल प्रहरीको डीएसपी भएको भन्दै विभिन्न प्रलोभन देखाएर ठगी गरेको आरोप लगाएका छन्।

उक्त व्यक्तिले फुलमाया कामी नामकी महिलालाई आफू नेपाल प्रहरीको अवकाशप्राप्त डीएसपी रहेको, ईन्टरपोलसम्बन्धी काम गरिरहेको, विभिन्न देशका उच्चपदस्थ व्यक्तिहरूसँग निकट सम्बन्ध रहेको भन्दै विदेश पठाइदिने बहानामा ७ लाख ८७ हजार रुपैयाँ ठगी गरेको पीडितको जाहेरीमा उल्लेख छ।

प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले अनुसन्धानको क्रममा राजु कर्मी श्रेष्ठको संलग्नता पुष्टि गरेपछि उनलाई पक्राउ गरेको हो। अदालतबाट सात दिनको म्याद थप अनुमति लिई घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

post bottom ads

Ads Bottom