Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घाँस काट्ने क्रममा रुखबाट लडेर ५२ वर्षीय पुरुषको ज्यान गयो


कात्तिक १२,

 सङ्खुवासभाको चिचिला गाउँपालिका –५ मा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । चिचिला –५ माङ्मयामा घाँस काट्ने क्रममा रुखबाट लडेर ५२ वर्षीय गणेश गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिनुभयो ।


रुखबाट लडेर गम्भीर घाइते भएका गुरुङको जिल्ला अस्पताल सङ्खुवासभाका उपचारका क्रममा गए राति १२ बजे मृत्यु भएको प्रहरी नायव उपरीक्षक मैनालीले बताउनुभयो । गुरुङ मङ्लबार बेलुकी ४ बजे घर नजिकै नेवारोको घाँस काट्न क्रममा रुखबाट २० मिटर तल  खसेर गम्भीर घाइते भएका थिए । उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा राखेको छ । घटनाको बारेमा  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनास्थल प्रहरी चौकी चिचिलाबाट १२ किलोमिटरको दुरीमा पर्दछ ।

Top Post Ad

post bottom ads

Ads Bottom