धादिङ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले बगाएर ल्याएको सेफ तोडफोड गरी त्यसमा रहेको नगद रकम लगेको आरोपमा धादिङ प्रहरीले २९ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५ सय ५ रुपैयाँ नगदसमेत बरामद गरेको जनाएको छ।
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएको एक सेफ धादिङको गल्छी गाउँपालिका–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा फेला परेको थियो। उक्त सेफभित्र रहेको नगद रकम स्थानीय व्यक्तिहरूले तोडफोड गरी आफूखुसी निकालेर लगेको सूचना प्रहरीले भदौ १२ गते प्राप्त गरेको थियो।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङले घटनाबारे अनुसन्धान अघि बढाएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशंकामा २९ जनालाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरूको साथबाट ठूलो परिमाणमा नगद बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बरामद गरिएको रकमको स्रोत, सेफमा रहेको कुल रकम तथा घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको वा नरहेको विषयमा थप अनुसन्धान भइरहेको छ।
नियन्त्रणमा लिइएकामध्ये अधिकांश गल्छी गाउँपालिका–४ मासटार क्षेत्रका स्थानीय रहेका छन्। यसका अतिरिक्त गल्छी गाउँपालिका–६ आदमघाट, सिद्धलेक गाउँपालिका–७ आदमटार तथा चितवन र पर्सा स्थायी घर भई हाल धादिङमा बसोबास गर्दै आएका व्यक्तिहरू पनि रहेका छन्।
नियन्त्रणमा लिइएका व्यक्तिहरू
१. गल्छी गाउँपालिका–४ मासटारका २७ वर्षीय पवन पौडेल
२. गल्छी गाउँपालिका–४ का ४१ वर्षीय वीरबहादुर राना मगर
३. गल्छी गाउँपालिका–४ का ३५ वर्षीय विनोद गिरी
४. गल्छी गाउँपालिका–४ का ३३ वर्षीय नवराज भेटुवाल
५. गल्छी गाउँपालिका–४ का ४० वर्षीय पूर्णलाल श्रेष्ठ
६. गल्छी गाउँपालिका–४ का ३१ वर्षीय विष्णुमणि अधिकारी
७. गल्छी गाउँपालिका–४ का ३६ वर्षीय कृष्ण मगर
८. गल्छी गाउँपालिका–४ का ४९ वर्षीय शिवबहादुर राना मगर
९. गल्छी गाउँपालिका–४ का ४६ वर्षीय युवराज अधिकारी
१०. गल्छी गाउँपालिका–६ आदमघाटका ४७ वर्षीय सुशान्त श्रेष्ठ
११. गल्छी गाउँपालिका–४ मासटारका ४६ वर्षीय सुचिमबहादुर राना मगर
१२. गल्छी गाउँपालिका–४ का २४ वर्षीय सविन श्रेष्ठ
१३. गल्छी गाउँपालिका–४ का ४३ वर्षीय प्रेमबहादुर राना मगर
१४. गल्छी गाउँपालिका–४ का १९ वर्षीय अनिल भेटुवाल
१५. गल्छी गाउँपालिका–४ का ४९ वर्षीय रामशरण सुवेदी
१६. गल्छी गाउँपालिका–४ का ३८ वर्षीय मिनबहादुर राना मगर
१७. गल्छी गाउँपालिका–४ का ३२ वर्षीय देवेन्द्र राना मगर
१८. गल्छी गाउँपालिका–४ का ३१ वर्षीय दीपक तामाङ
१९. गल्छी गाउँपालिका–४ का ३६ वर्षीय राजकुमार भेटुवाल
२०. गल्छी गाउँपालिका–४ का २९ वर्षीय दिनेश अधिकारी
२१. गल्छी गाउँपालिका–४ का ३० वर्षीय दिनेश पुलामी
२२. गल्छी गाउँपालिका–४ का ३० वर्षीय टेकबहादुर राना मगर
२३. गल्छी गाउँपालिका–४ का ३२ वर्षीय सन्तोष श्रेष्ठ
२४. गल्छी गाउँपालिका–४ सिमपानीका ३६ वर्षीय सानुभाई श्रेष्ठ
२५. सिद्धलेक गाउँपालिका–७ आदमटारका ४९ वर्षीय सानु खतिवडा
२६. चितवन राप्ती नगरपालिका–६ घर भई हाल गजुरी गाउँपालिका–८ आदमघाट बस्ने २९ वर्षीय विचारी आले मगर
२७. गजुरी गाउँपालिका–८ आदमघाटका ३२ वर्षीय नारायण श्रेष्ठ
२८. गजुरी गाउँपालिका–८ आदमघाटका २० वर्षीय अग्नि आले मगर
२९. पर्सा बहुदरीमाई नगरपालिका–९ घर भई हाल गजुरी गाउँपालिका–६ आदमघाट बस्ने २८ वर्षीय सकुर अन्सारी
प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ। बाढीले बगाएर ल्याएको सेफ कहाँबाट आएको हो, त्यसमा कति रकम थियो र घटनामा अन्य व्यक्तिहरूको संलग्नता छ वा छैन भन्ने विषय अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ।