Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हिमाल आरोहणका क्रममा बेपत्ता भएका दुई जना आरोहीको शव फेला


कात्तिक १८ गते, गोरखा — गोरखास्थित पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार, पाङबारी हिमालको पहिलो शिविरमा ६७ वर्षीय स्तेफानो फरिनातो र ३७ वर्षीय अलेस्सान्द्रो गापुटोको शव हिउँले पुरिएको अवस्थामा फेला परेको हो।

उनीहरूको शव हेलिकोप्टरमार्फत सामागाउँ ल्याइएको प्रहरीले जनाएको छ।

गत बुधबारदेखि तीन इटालियन नागरिक र एक नेपाली सहयोगी पाङबारी हिमालको पहिलो शिविर र आधार शिविरमा हिमपातका कारण अलपत्र परेका थिए। आरोहण गर्न नसकेपछि फर्कने क्रममा फरिनातो र गापुटो हिउँमा परेका बताइएको छ।

सोही टोलीका ६५ वर्षीय इटालियन नागरिक भेल्टर परलिनोलाई गत आइतबार हेलिकोप्टरबाट उद्धार गरिएको थियो। साथै, उनीसँग रहेका नेपाली नागरिक पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि सोही दिन उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom