Breaking Posts

Type Here to Get Search Results !

डेंगु फैलाउने लामखुट्टे कुन समयमा सक्रिय हुन्छ त, जानिराख्नुहोस - स्वास्थ्य जानकारी ( Health Tips) - Bright Khabar

Top Post Ad


भदौ १६ गते । पछिल्लो केही महिनादेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न जिल्लामा डेंगुका बिरामी बढ्दै गएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार एक महिनामा दुई हजार ५०० भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । पुसदेखि बुधबारसम्म ७२ जिल्लाबाट तीन हजार २२७ जनामा डेंगुको सङ्क्रमण पुष्टि भइसकेको छ ।

चिकित्सकका अनुसार डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. बिमल शर्मा चालिसेका अनुसार डेंगु भाइरस सङ्क्रमित एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो भाइरस जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्ने चिकित्सक बताउँछन् ।

एडिस जातका लामखुट्टेले घाम उदाएको २ घण्टा पछाडि र घाम अस्ताउनुभन्दा २ घण्टा अगाडि यो लामखुट्टे बढी सक्रिय हुने डा. चालिसे बताउनुहुन्छ । उहाँका अनुसार ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् ।

लगातार वान्ता हुने, वान्तामा रगत देखा पर्ने, धेरै पेट दुख्ने, श्वासप्रश्वासमा समस्या आउने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव भई बेहोस हुन्ने भएकाले डेंगुभएका मानिसलाई हेलचेक्र्याइँ नगर्न चिकित्सकको सुझाव छ । उच्च ज्वरो आएमा कम गर्न पारासिटामोल खाने, पानी तथा झोलिलो तथा पोषिलो खानेकुरा प्रशस्त मात्रामा खाने र आराम गर्ने डेंगुको उपचार हो ।

डेंगु भाइरस भएका बालबालिका, वृद्धवृद्धा, दीर्घरोगी र गर्भवती तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई गम्भीर असर पर्ने हुँदा विशेष ध्यान दिनुपर्ने चिकित्सकको आग्रह छ । लामखुट्टेको बच्न पूरा शरीर ढाकिने गरी कपडा लगाउने, खाली ठाउँमा मलहम लगाउने, सधैँ सुत्दा झुलभित्र सुत्ने, घर वरपर वा खेतीबारीमा काम गर्न जाँदा लामखुट्टेको टोकाइबाट बच्न ध्यान पुर्‍याउने, झ्याल ढोकामा जाली लगाई बन्द गरेर सुत्ने डा. चालिसेको सुझाव छ ।

यसका लागि घर वरिपरि कार्यस्थल र सार्वजनिक स्थानहरूमा पानी जम्न नदिई सफा राख्न, पानी जमिहालेको खण्डमा हप्तामा दुई पटक जमेको पानी फाल्न र दैनिक प्रयोजनको लागि राखेको पानी छोपेर राख्न चिकित्सकको सुझाव छ ।  गोरखापत्रबाट 

post bottom ads

Ads Bottom