Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखरा–१५ स्थित अलकापुर सहकारीद्वारा रक्तदान, ३६ युनिट रगत संकलन


पोखरा, असार ५ गते ।

पोखरा १५ मा अवस्थित अलकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आफ्नै प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । असार ५ गते आयोजित उक्त कार्यक्रममा स्थानीय समुदाय, सहकारीका सदस्य तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा कुल ३६ युनिट रगत संकलन गरिएको आयोजकले जनाएको छ । रक्तदान कार्यक्रमलाई मानवीय सेवा र सामाजिक उत्तरदायित्वको महत्वपूर्ण अभियानका रूपमा लिँदै सहकारीले नियमित रूपमा यस्ता सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ ।

कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष ख्याम नारायण पौडेलले गर्नुभएको थियो । उहाँले रक्तदान जीवनदान भएको उल्लेख गर्दै आपतकालीन अवस्थामा रगतको अभाव नहोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । साथै, सहकारी संस्थाले आर्थिक गतिविधिसँगै सामाजिक सेवाका कार्यक्रमलाई पनि समान रूपमा अघि बढाइरहेको उहाँको भनाइ थियो ।

स्थानीय स्वास्थ्य संस्थाका प्रतिनिधिहरूले रक्तदाताहरूलाई धन्यवाद दिँदै नियमित रक्तदानले स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने बताउँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको र संकलित रगत आवश्यक पर्ने बिरामीहरूको जीवन बचाउन प्रयोग गरिने नेपाल रेडक्रस सोसाइटीमार्फत वितरण गरिने बताइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom