Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

फेवातालमा हावाहुरीका बीच अलपत्र परेकी युवतीको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार


असार २० गते । पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा अचानक आएको हावाहुरीका कारण तालको बीचभागमा अलपत्र परेकी एक पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

उद्धार हुनेमा काठमाडौंको नारायणटार घर भई पोखरा घुम्न आएकी २३ वर्षीया रितिका फुयाल रहेकी छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका, कास्कीका अनुसार फुयाल शनिबार दिउँसो फेवातालमा कायकिङ गरिरहेकी बेला अचानक तीव्र हावाहुरी चलेपछि तालको बीचभागमा पुगेर फर्कन नसक्ने अवस्थामा परेकी थिइन्।

घटनाको जानकारी प्राप्त हुनासाथ फेवातालस्थित ‘फेवा वाच एन्ड रेस्क्यु टावर’ मा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको नेतृत्वमा विपद् उद्धार टोली परिचालन गरिएको थियो।

उद्धार टोलीले तालको बीचभागबाट फुयाललाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको थियो। उद्धारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको सशस्त्र प्रहरी बल नम्बर २४ गण कालिकाले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom