Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मेरिगोल्ड अङ्ग्रेजी आवासीय माविमा आधारभूत तहस्तरीय अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न

पोखरा, जेठ २८ । पोखरा महानगरपालिका–१५ मा अवस्थित मेरिगोल्ड अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयमा आधारभूत तहका विद्यार्थीहरूको भाषा सीप विकास गर्ने उद्देश्यले अङ्ग्रेजी हिज्जे (स्पेलिङ) प्रतियोगिता सम्पन्न भएको छ।

विद्यालयकी प्राचार्य शर्मिला गुरुङको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा आधारभूत तहका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा स्वइच्छा गुरुङ, साइमन गुरुङ र अनुश दाहाल सम्मिलित समूह प्रथम स्थान हासिल गर्न सफल भएको थियो। त्यसैगरी सदिस्ना थापा, पूजा ढकाल र अनु गुरुङ सम्मिलित समूह द्वितीय स्थान प्राप्त गर्न सफल भएको विद्यालयले जनाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्राचार्य शर्मिला गुरुङले यस्ता प्रतियोगिताले विद्यार्थीहरूको अङ्ग्रेजी भाषाप्रतिको रुचि अभिवृद्धि गर्नुका साथै शब्दभण्डार, उच्चारण र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले विद्यालयले पाठ्यपुस्तकमा आधारित शिक्षासँगै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासका लागि विभिन्न अतिरिक्त तथा सिर्जनात्मक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको उल्लेख गरिन्।

कार्यक्रम संयोजक तथा अतिरिक्त क्रियाकलाप प्रमुख डिआर काफ्लेले प्रतिस्पर्धात्मक वातावरणमा सिकाइलाई थप प्रभावकारी बनाउन विद्यालयले समय–समयमा यस्ता शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधि सञ्चालन गर्दै आएको बताए। उनले प्रतियोगिताले विद्यार्थीहरूमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै भाषा सिकाइप्रति थप प्रेरणा प्रदान गरेको धारणा व्यक्त गरे।

प्रतियोगिताका प्रश्नकर्ता शिक्षक अमिक्षा शर्माले विद्यार्थीहरूले उत्कृष्ट तयारी र क्षमता प्रदर्शन गरेको बताउँदै यस्ता कार्यक्रमले अङ्ग्रेजी भाषाको सही प्रयोग, हिज्जे ज्ञान तथा प्रस्तुतीकरण क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन्।

विद्यालयले आगामी दिनमा पनि विद्यार्थीहरूको बौद्धिक, भाषिक तथा नेतृत्व विकासमा टेवा पुग्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom