संस्थाले आफ्नो स्थापनाको २० औँ वर्षको अवसर पारी सेवा केन्द्र को विस्तार गरेको हो ।
नयाँ सेवा केन्द्रको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानिले अहिलेको परिस्थितिमा संगम पोखराकै उदाहरणीय सहकारी रहेको बताउँदै संस्थाको उच्च प्रशंसा गर्नुभयो ।
कानुनी सल्लाहकार दयाराम गौतम, वरिष्ठ व्यवस्थापक वृहस्पति अधिकारी, स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, शेयर सदस्य दामोदर शर्मा, शोभा कुँवर, स्वास्थ्य स्वयंसेवीका मिरा गिरी, लेखा संयोजक भविन्द्र गिरी लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा संस्थाका संरक्षक नीरज थापाले ''म र मेरो साथी सङ्गममा सँगसँगै'' भन्ने नाराका साथ वडा नं. ९ मा नयाँ सेवा केन्द्रको स्थापना गरिएको बताउनुभयो ।
सहकारीका अध्यक्ष नवराज तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाल बचतकर्ता जेशिका विक, ज्येष्ठ सदस्य बचतकर्ता, दिपा थापा, उपसमिति सदस्य इन्द्रबहादुर गिरी, दीर्घकालीन बचतकर्ता सूर्य गिरी, दैनिक बचतकर्ता समीर कुमार थापा, ऋण कारोबारी आशा साई, सुझावकर्ता धनप्रसाद गुरुङ, सञ्चालक सुवास चन्द्र भण्डारी र कर्मचारी गोमा गिरीलाई खादा र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
संस्थाका उपाध्यक्ष बुद्धिमान थापाले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन सचिव धनराज पुरीले गरेका थिए ।




