Breaking Posts

Type Here to Get Search Results !

सामाजिक सञ्जाल मार्फत युवतीलाई हैरानी दिने एक युवा पक्राउ - Brighter Khabar

Top Post Ad

सांकेतिक तस्विर 


पोखरा, २२ जेठ । अनलाइनको माध्यमबाट यौन दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ  ।

सामाजिक सञ्जाल टिकटक मार्फत पीडित महिलासँग साथी बनी कुराकानी गर्ने क्रममा सामाजिक सञ्जालका विभिन्न प्लेटफमहरू (फेसबुक, म्यासेन्जर, ह्वाट्स एप तथा इमो) मा साथी बनाई  दुःख हैरानी तथा चरित्रहत्या गरेको आरोपमा  प्रहरीले  जुम्ला तिला गाउँ पालिका वडा नं. ९ रासा घर भई हाल जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोटमोड बस्ने वर्ष २३ को दिनेश कुमार राउतलाई पक्राउ गरेको हो 

संवादकै क्रममा अनलाइन माध्यमद्वारा यौन दुर्व्यवहार गरी आफ्नो  जानकारी बिना सो कार्यको स्क्रिन रेकड समेत गरेको पीडितले बताएकी छिन्  ।

 त्यस पश्चात् पटक-पटक भेट्न बोलाउने र बोलाएको स्थानमा भेट्न नजाँदा फेक आइडी मार्फत अश्लील क्याप्सन राखी, अश्लील भिडियो तथा तस्बिर पोस्ट गरी दुःख हैरानी तथा चरित्रहत्या गरेकोले कानुन बमोजिम कारबाहीका लागि पीडित महिलाले यस ब्युरोमा निवेदन दिएकी थिइन  ।

राउतलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा सम्मानित काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ब्युरोबाट खटी गएको टोलीले पक्राउ गरेको हो ।

राउत माथि  सात दिनको  म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ  ।

post bottom ads

Ads Bottom