Breaking Posts

Type Here to Get Search Results !

भ्रष्टाचार गरेको आरोपमा १२ जनाविरुद्ध मुद्दा दायर - Brighter Khabar

Top Post Ad


साउन १२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाका सात र महोत्तरीका पाँचजना गरी १२ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा काठमाडौंस्थित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका मुगुका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्ल, इन्जिनियर, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत सात जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । 

उनीहरूविरुद्ध ३३ लाख ८२ हजार ४१७ रुपियाँ बिगो दाबी गरिएको छ । 

यसैगरी, जिल्ला महोत्तरी, पिपरा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकिय अधिकृत रंजिता झा, निर्माण उपभोक्ता समितिका अध्यक्षसमेत पाँचजना उपर गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेकोसम्बन्धी आरोप–पत्र पनि दायर भएको छ । 

उनीहरूविरुद्ध एक लाख ४८ हजार नौ सय दश रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । 


post bottom ads

Ads Bottom