अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासबाट खटिएको टोलीले शहीदनगर नगरपालिकामा कार्यरत इन्जिनियर रमेश कुमार चौधरी र चौधरीको साथी गुरुदेव यादवलाई सेवाग्राहीबाट एक लाख लिइसकेको अवस्थामा एक लाख ७५ हजारको चेकसहित पक्राउ गरेको छ ।
उनीहरूलाई अहिले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।