Breaking Posts

Type Here to Get Search Results !

बालकुमारी घटना : दुई सुरक्षा अधिकारीसहित तीन जनाको निलम्बन - Brighter khabar

Top Post Ad


पुस १४ गते। गृह मन्त्रालयले शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनालाई लिएर  केही सुरक्षा अधिकारीको निलम्बन गरेको छ।  

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार  घटनास्थलमा सुरक्षा कमाण्डको जिम्मेवारीमा खटिएका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक उमेश लम्साल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवार र कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय भएको हो। 

त्यसैगरी गृह मन्त्रालयले ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णयसमेत गरेको छ। 

घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएकोप्रति मन्त्रालयले दुःख व्यक्त गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकको परिवारलाई १०–१० लाख राहत दिने निर्णय गरेको छ। 

post bottom ads

Ads Bottom