Breaking Posts

Type Here to Get Search Results !

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त - Brighter Khabar

Top Post Ad


 सर्वोच्च अदालतको आदेशबाट गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।

मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक रहेको भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दिएको रिटमा अन्तिम सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिट जारी गर्दै अधिकारी पदमुक्त भएको फैसला सुनाएको हो ।

अदालतले संविधानको धारा १६८ उपधारा ३ अनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश समेत  जारी गरेको छ ।

यसअघि मंगलबार र बुधबार बहस नसकिएपछि हेर्दाहेर्दामा राखिएको थियो ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिने भए पनि सभामुख कृष्णप्रसाद धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको प्रदेशसभामा घोषणा गरेपछि काँग्रेस संसदीय दलका नेता पाण्डेले वैशाख २५ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए  ।

post bottom ads

Ads Bottom