ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलका अनुसार उपचारका क्रममा लिम्बूको सोमबार राति मृत्यु भएको हो। गत बिहीबार आफ्नै अलैँची बगानमा काम गर्ने क्रममा लिम्बूलाई अरिङ्गालले टोकेको थियो।
करिव ६० वटाभन्दा बढी अरिङ्गालले टोकेपछि गम्भीर घाइते हुनुभएका लिम्बूलाई प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा प्राथमिक उपचार गरी थप उपचारका लागि झापा पु¥याएको थियो।