Breaking Posts

Type Here to Get Search Results !

तीव्र गतिको स्कुटर दुर्घटनामा परेर दुई जनाको ज्यान गयो - Brighter Network

Top Post Ad

 
फाइल तस्विर 

पुस ११ गते। गुल्मीमा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।


चन्द्रकोट गाउँपालिकाको मजुवादेखी शान्तिपुर जाँदै गरेको लु १७ प १६४४ नम्बरको स्कुटर सिस्नेखोलामा दुर्घटना हुँदा चन्द्रकोट ६ का ३० वर्षीय विनोद बिक र ४० वर्षीय किरणकुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो।


निजहरुको स्थलगत मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।  

post bottom ads

Ads Bottom