Breaking Posts

Type Here to Get Search Results !

समयमा अस्पताल पुग्न नसक्दा सुत्केरीसँगै नवजात शिशुको ज्यान गयो - Brighter Network

Top Post Ad


माघ ११ गते। जुम्लामा ३० वर्षीय सुत्केरी मुगा शाहीको मृत्यु भएको छ। तातोपानी गाउँपालिका वडा नम्बर १ निवासी शाही र उहाँबाट जन्मेको नवजात शिशुको मृत्यु भएको हो। 


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार घरबाट बेहोस भएर अस्पताल गएकी ती सुत्केरी आमालाई आइसियूमा राखिएको थियो। उहाँको बिहीबार बिहान ८ बजे मृत्यु भएको हो। उहाँको बच्चाको भने माघ ३ गते अस्पताल पुर्याउँदा नै मृत्यु भएको थियो। 


प्रतिष्ठानका स्त्रीरोग विशेषज्ञ डा. कविता शाहका अनुसार गत माघ ३ गते ११ः२४ बजे बेहोस् अवस्थामा पुग्नुभएकी उहाँलाई भेन्टिलेरमा राखिएको थियो। शाहीलाई अस्पतालमा ल्याइसक्दा मृत्यु भइसकेको थियो। 


उहाँले भन्नुभयो, “सुत्केरी आमाको स्वास्थ्य गम्भीर अवस्थामा देखेपछि दुई, तीन मिनेटमै आइसियूको भेन्टिलेटरमा उपचार सुरु गरेका थियौं। परिवारले अस्पताल ढिला पुर्याउँदा दुःखद् घटना भयो।” उहाँले सुत्केरी व्यथा लाग्ने बित्तिकै स्वास्थ्यकर्मीलाई खबर गरेर अस्पताल ल्याउन अनुरोध पनि गर्नुभयो।  


परिवारका अनुसार मृतक सुत्केरी मुगा शाहीलाई माघ २ गते राति नै सुत्केरी व्यथा  लागेको थियो। समयमा अस्पतालमा नल्याई धामी झाक्रीको भर परेपछि अस्पताल ढिला पुर्‍याइएको थियो। 


मृतक शाहीका भाइ तातोपानी २ डाँगीवाडाका धिरेन्द्र डाँगीका अनुसार अस्पताल पुर्‍याउन  ढिला भएका कारण दिदीले ज्यान गुमाउनु परेको भन्दै दुःख व्यक्त गर्नुभयो। 


आईसियूमा होस नखुलेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले माघ ४ गते नै रिफर समेत गरेको थियो। परिवारले काठमाडौँ लान पहल गरेको थियो। तर जिल्ला बाहिर पनि लान सकिने अवस्था बनेन।  


सुत्केरी आमाको अवस्थाको विषयमा सोही गाउँकी महिला स्वास्थ्य स्वयम्सेविका छुमकली सार्कीले आफूले बिहान ९ बजे मात्रै थाहा पाएको र सुत्केरीको अवस्था गम्भिर भएपछि आफूसहितले अटोमा अस्पताल पु¥याएको जानकारी दिनुभयो। 


यता, गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाई यो बिषयमा जानकारी नै नभएको बताउनुहुन्छ। उहाँले आफूलाई खबरै नआई एक्कासी मृत्युको खबर सुनेको प्रतिक्रिया दिनुभयो। जनचेतना अभावका कारण यस किसिमको घटना घटेको भन्नुहुँदै उहाँले जनचेतनामूलक कार्यक्रम बढाउनुपर्ने बताउनुभयो। 


सुत्केरीको घर तातोपानी १ बाइराँका सड्क नजिकै छ, सदरमुकाम पुग्न आधा घण्टा मात्रै लाग्छ तर समयमा अस्पताल पुर्याउन नसक्दा दुखद् घटना भएको सरोकारवाला बताउछन्।  

post bottom ads

Ads Bottom