Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ


पोखरा  । नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित दुई जनालाई पक्राउ गरेको छ।

पुस १६ गते जिल्ला काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार रुपैयाँ दरका ९३ थान नक्कली नोटसहित ६ जनालाई प्रारम्भिक रूपमा नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको थियो।

अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्नता देखिएपछि जिल्ला बारा कलैया उपमहानगरपालिका–२ कबलपुर बस्ने २८ वर्षीय गौरी शंकर यादवलाई नियन्त्रणमा लिइ सोधपुछ गरिएको थियो। सो क्रममा जिल्ला बारा फेटा गाउँपालिका–३ घर भई हाल भारतको मोतिहारी, लाला टोल पतौना डेरामा बस्ने २८ वर्षीय रवि कुमार श्रीवास्तवले नक्कली नोट छाप्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रवि कुमार श्रीवास्तवले पुस २० गते नक्कली नोट नेपालमै छाप्न आवश्यक सामग्री भारतबाट नेपाल ल्याउँदै गर्दा भारतीय नम्बर प्लेट BR05 AF 2511 भएको बुलेट मोटरसाइकलको पछाडि सिटमा राखी ल्याइरहेको अवस्थामा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा नियन्त्रणमा लिएको हो।

पक्राउ परेकामाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

बरामद सामग्री

  • BR05 AF 2511 नम्बरको भारतीय नम्बर प्लेट भएको बुलेट मोटरसाइकल – १ थान
  • ५ गड्डीमा भारतीय रुपैयाँ ५०० दरका ३१७ थान नोट
  • LG कम्पनीको मोनिटर – १ थान
  • Zebion लेखिएको किबोर्ड, हेडफोन, माउस – १/१ थान
  • केवल तार – १० थान
  • VIVO कम्पनीको मोबाइल – १ थान
  • HP कम्पनीको कलर प्रिन्टर – १ थान
  • Fingers लेखिएको CPU – १ थान
  • M-Audio लेखिएको बक्स – १ थान
  • HP 119A Cyan लेजर टोनर – ८ थान
  • U.S. 9mm M9–P BERETTA लेखिएको नक्कली पेस्तोल – १ थान
  • लालीगुराँसको वाटरमार्क छापिएको “१०००” लेखिएको कागज – १८० थान
  • सादा कागज – ७५ थान

  • जम्मा कागज: २५५ थान

प्रहरीले नक्कली नोट उत्पादन तथा कारोबारमा संलग्न सञ्जालको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom