Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पश्चिमी वायुको प्रभाव : देशका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना


पोखरा , जेठ ३ गते । मौसम पूर्वानुमान महाशाखा ले हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ। केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी मधेस प्रदेश र कोशी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भने तापक्रम बढ्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom