Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ग्रिस पठाइदिने प्रलोभनमा ३७ लाख ठगी गर्ने युवक प्रहरीको नियन्त्रणमा



असार ९ गते, काठमाडौं । वैदेशिक रोजगारीको लागि ग्रिस पठाइदिन्छु भनी ३७ लाख रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखा जिल्ला वारपाक सुलिकोट गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२६ गल्कोपाखामा बस्दै आएका २९ वर्षीय राजेश बराम रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो।

बरामले चार जना व्यक्तिबाट ग्रिस लैजाने भन्दै आकर्षक तलबको प्रलोभन देखाई जम्मा ३७ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ। उनले अल्बानिया हुँदै ग्रिस पु¥याउने भन्दै रकम असुली पीडितहरूसँग सम्पर्क विच्छेद गरेका थिए।

पीडितहरूको उजुरीका आधारमा विशेष अनुसन्धानपछि बरामलाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीबाट सचेत रहन सर्वसाधारणलाई अनुरोध गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom