Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक वृद्धको घटनास्थलमै मृत्यु


असार ९ गते, सिराहा । सिराहाको गोलबजार नगरपालिका–१३ दुर्गापुर डङ्गराहामा सोमबार बिहान सिँचाइका क्रममा करेन्ट लाग्दा एक वृद्धको ज्यान गएको छ ।


स्थानीय ६२ वर्षीय रामपृत पण्डितको आफ्नै धानखेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष नन्दकुमार महतोले जानकारी दिनुभयो । बिहान चिया खाएर खेत गएका पण्डितले सिँचाइ गर्न खोज्दा तार जडानमा त्रुटि हुँदा करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको छ ।


इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साहका अनुसार प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै शव उठाउने तयारीमा छ ।


वडा अध्यक्ष महतोले गाउँमा विद्युत् सुरक्षाबारे सचेतना अभाव रहेको उल्लेख गर्दै वर्षायाममा झन् यस्ता दुर्घटनाको जोखिम बढ्ने बताएका छन् । उनका अनुसार गत वर्ष पनि सोही गाउँमा सिँचाइका क्रममा करेन्ट लागेर एक जनाले ज्यान गुमाएका थिए ।

Top Post Ad

post bottom ads

Ads Bottom