अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार सुन्दर कर्णाली संस्थासँगको करार सम्झौताअनुसार अस्पतालमा कार्यरत तृप्ती शाही र कुमारी बैंक एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरले मिलेमतोमा सरकारी सम्पत्तिमा हिनामिना गरेको देखिएको हो ।
आयोगले सार्वजनिक गरेको विवरणअनुसार २०८० साउन १ देखि २०८१ साउन ३२ सम्मको अवधिमा जम्मा ३४ लाख ३ हजार ८५६ रुपैयाँ राजस्व संकलन भएकोमा मात्र ८ लाख ३६ हजार ३३० रुपैयाँ खातामा दाखिला गरिएको र बाँकी २५ लाख ६७ हजार ५२६ रुपैयाँ हिनामिना गरिएको प्रमाण भेटिएको छ ।
यही आधारमा लेखा अधिकृत सुवेदी र तृप्ती शाहीविरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । साथै, कुमारी बैंक एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरविरुद्ध २४ लाख २ हजार ९० रुपैयाँ भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
आयोगले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ अनुसार बिगो असुल गरी कारबाही मागदाबी गर्दै सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।