Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर एक जना घाइते


स्याङ्जा, असार २ गते। स्याङ्जाको भिरकोट नगरपालिकामा चट्याङ लागेर एक व्यक्ति घाइते भएका छन्। भिरकोट नगरपालिका–९ सेलबासका ४६ वर्षीय देउबहादुर थापा चट्याङ लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।


प्रहरीका अनुसार थापा आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक परेको चट्याङको झट्काबाट घाइते भएका हुन्। घाइते थापाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिनुभयो।


थापाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ। घटनापछि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom