दीपाले क्यानडा पठाइदिन्छु भन्दै एक जना पीडितबाट २३ लाख ५० हजार रुपैयाँ लिएकी थिइन् भने व्रिजेशले युके पठाइदिन्छु भन्दै अर्को पीडितबाट २ लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएका थिए।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले शनिबार दीपालाई बुढानिलकण्ठ नगरपालिका–११ बाट र आइतबार व्रिजेशलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार दीपालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा र व्रिजेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि पठाइएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा उल्लेख भएअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।