Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

हायस गाडी चेकजाँच गर्ने क्रममा ९७ ग्राम ब्राउन सुगरसहित युवक पक्राउ



असोज ५, महोत्तरी

महोत्तरीको बर्दीबास–३ गौरीडाँडास्थित बीपी राजमार्गमा प्रहरीले सवारी चेकजाँच गर्ने क्रममा ९७ ग्रामभन्दा बढी ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीबास र इलाका प्रहरी कार्यालय बर्दीबासको संयुक्त टोलीले आइतबार बिहान बा.५ ख १८९८ नम्बरको हायस गाडी चेकजाँच गर्दा लागुऔषध फेला पारेको हो।

प्रहरीका अनुसार, चालक नजिकैको सीटमा बसेका सिराहा मिर्चैया नगरपालिका–६ का २४ वर्षीय रोहित महतोको साथबाट ब्राउन सुगर बरामद गरिएको हो।

ब्युरो प्रमुख सरोज अधिकारीका अनुसार, महतोले लगाएको खैरो रङको हाफ कट्टु भित्र लुकाइराखिएको अवस्थामा सेतो प्लास्टिकमा प्याक गरिएको ब्राउन सुगर भेटिएको थियो। डिजिटल तराजुमा तौल गर्दा प्लास्टिकसहित १०२.२५० ग्राम र शुद्ध तौल ९७.१६० ग्राम रहेको पुष्टि भएको उनले बताए।

‘बर्दीबास क्षेत्रमा पक्राउ गरिएको यो अहिलेसम्मकै ठूलो परिमाण हो,’ अधिकारीले बताए।

पक्राउ परेका महतोसहित बरामद ब्राउन सुगरलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दीबासमा बुझाइएको प्रहरीले जनाएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom