असोज ४
गत वैशाखदेखि हालसम्म देशभर ३,६८१ विपद् घटना दर्ता भएका छन् । ती घटनाबाट ६,५९० घरपरिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
सो अवधिमा विपदमा परेर २४३ जनाको ज्यान गएको छ भने ८६९ जना घाइते भएका छन्। यस्तै, २४ जना बेपत्ता भएका छन्।
प्राधिकरणका अनुसार, सबैभन्दा बढी आगलागीका १,२९५ घटना दर्ता भएका छन्। आगलागीमा २३ जनाको मृत्यु, १७७ जना घाइते र १,४११ परिवार प्रभावित भएका छन्।
यसैगरी, २६३ वटा बाढीका घटनामा २९ जनाको मृत्यु, २३ बेपत्ता र १,८६१ परिवार प्रभावित भए।
४६३ वटा पहिरोमा २४ जनाको मृत्यु, ४१ घाइते भए।
३४० वटा भारी वर्षाका घटनामा ६ जनाको मृत्यु, १४ घाइते र ८११ परिवार प्रभावित भए।
यस्तै, २९० वटा चट्याङका घटनामा ३८ जनाको मृत्यु, २१२ घाइते र ३५१ परिवार प्रभावित भए।
३०४ वटा सर्पदंशमा ७७ जनाको मृत्यु, २३३ घाइते भए।
१८५ वटा वन डढेलोमा दुई जना घाइते, २७ परिवार प्रभावित भए।
२८४ वटा हावाहुरीका घटनामा आठ जनाको मृत्यु, ४४ घाइते र ५४१ परिवार प्रभावित भए।
त्यस्तै, २१७ वटा जनावर आक्रमणका घटनामा २० जनाको मृत्यु, ८८ घाइते र ३६६ परिवार प्रभावित भएका छन्।
प्राधिकरणले विपद् न्यूनीकरणका लागि पूर्वसावधानी र सचेतना अभियान सञ्चालन गरिरहेको तथा पूर्वसूचना प्रणालीलाई थप व्यवस्थित बनाइएको जनाएको छ।




