Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अरुण खोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो, अर्का एक घाइते


कात्तिक २ गते । नवलपुरको अरुण खोलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । 


मध्यविन्दु नगरपालिका–११ दमारबाट अरुणखोलातर्फ आउँदै गरेको ग.प्र. ०४–००१ प ४११३ नम्बरको मोटरसाइकल सडक छेउको माटोको ढिस्को र सालको रुखमा ठोक्किएर दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।


दुर्घटनामा मध्टयविन्दु –१० करमघारीका २३ वर्षीय मोटरसाइकल चालक सुदिप बरालको उपचारको क्रममा मध्यविन्दु प्रादेशीक अस्पताल डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । 


दुर्घटनामा मोटरसाइकल पछाडी सवार सोही ठाउँका सुवित थापा गम्भीर घाइते भएको र उहाँको डण्डामै उपचार भइरहेको नेपालले जानकारी दिनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom