तनहुँ भानु नगरपालिका–९, पिपलपानी निवासी ३४ वर्षीय जितेन्द्र पाण्डे गत सोमबारदेखि पोर्चुगलको सिन्ट्रा क्षेत्रबाट बेपत्ता भएको उनका साथी विदुर तामाङले राससलाई जानकारी दिनुभयो ।
तामाङका अनुसार गत आइतबार राति पाण्डे “साथीको फोन आएको छ” भन्दै घरबाट निस्किएका थिए, त्यसपछि उनी कहिल्यै फर्किएनन् । सोमबारदेखि काममा पनि नआएपछि खोजी थालिएको हो ।
“पाण्डे सम्पर्कविहीन भएपछि हामीले नेपालस्थित परिवारलाई पनि सम्पर्क गर्यौं,” तामाङले बताए, “त्यहाँबाट खबर आयो — उनले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा नहुने भनेका रहेछन्, त्यसपछि सम्पर्क टुटेको हो।”
बेपत्ता पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड, राहदानी र व्यक्तिगत सामानहरू उनी बस्ने कोठामै भेटिएका छन् ।




