Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

धान खेतमा एक जीवित नवजात शिशु फेला


असोज ३१ गते । महोत्तरीको जलेश्वर नगरपालिका–४ स्थित धान खेतमा एक जीवित नवजात शिशु फेला परेको छ ।


बिहीबार भार्गेश्वर पोखरी नजिकको धानखेतमा करिब १५/१६ दिनको पुरुष शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र भट्टले जनाउनुभयो ।


शिशुले हल्का निलो रङको लुगा लगाएको र गुलाफी रङको कपडामा बेरिएको अवस्थामा भेटिएका थिए । स्थानीयवासी घाँस काट्न जाँदा खेतमा शिशु देखेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।


प्रहरी टोलीले शिशुलाई उद्धार गरी स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाएको छ । अस्पतालका अनुसार शिशु पूर्ण रूपमा स्वस्थ र सुरक्षित अवस्थामा छन् ।


शिशु कसले र किन छाडेको भन्ने विषयमा अनुसन्धान अगाडि बढाएको डिएसपी भट्टले जनाउनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom