जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मिति २०७९/०७/२६ गते बिहान करिब ११:४५ बजे अवैध रूपमा ढुङ्गा–गिट्टी उत्खनन र ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ती ट्याक्टरहरू नियन्त्रणमा लिएको हो।
प्रहरीले ग.१ त. ७०६३ नम्बरको ट्याक्टरलाई ढुङ्गा ओसारपसार गरिरहेको अवस्थामा र ग.१ त. ६४४० नम्बरको ट्याक्टरलाई गिट्टी ओसारपसार गरिरहेको अवस्थामा फेला पारेको जनाएको छ।
यी ट्याक्टरहरू क्रमशः
- पुतलीबजार नगरपालिका–१०, बर्जा स्थित सिद्धार्थ राजमार्गमा
- पुतलीबजार नगरपालिका–३, पुतलीखेत आँधिखोला नजिकै
- बाट नियन्त्रणमा लिइएका हुन्।
नियन्त्रणमा लिइएका ट्याक्टरहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि पुतलीबजार नगरपालिका कार्यालय, स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।






