Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

दोलखामा हिमपहिरोमा परेर तीन विदेशी पर्यटकको मृत्यु, आठ जना बेपत्ता



कात्तिक १८ गते, दोलखा — दोलखाको गौरीशङ्कर गाउँपालिका–९, यलुङ बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परेर तीन जना विदेशी पर्यटकको मृत्यु भएको छ भने आठ जना अझै बेपत्ता रहेका छन्।

दोलखा जिल्ला प्रहरी कार्यालयका अनुसार, हिमपहिरोमा परी घाइते भएका चार जनाको उद्धारका लागि हेलिकोप्टर नागाउँमा अवतरण गरिसकेको छ। तर प्रतिकूल मौसमका कारण हेलिकोप्टर घटनास्थलसम्म पुग्न नसकेको जनाइएको छ।

उद्धारका लागि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीसहित करिब ५० जनाको टोली घटनास्थलतर्फ गएको दोलखाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो।

घाइते भएका पर्यटकमा

  • क्यानेडियन नागरिक मार्को दी मार्सेलो,

  • इटालियन नागरिक पाउलो कोको, र

  • फ्रान्सेली नागरिक कारोले फुच्स रहेका छन्।

उद्धार कार्यमा जनप्रतिनिधि र स्थानीयवासीको समेत सहयोग रहेको गौरीशङ्कर गाउँपालिका–९ का वडाध्यक्ष ङिमगेली शेर्पाले बताउनुभयो।

Top Post Ad

post bottom ads

Ads Bottom