Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

सरकारको निर्णय : भदौ २३ गते ‘जेनजी शहीद दिवस’ मनाइने


मङ्सिर १५, सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’का रूपमा स्थापना गर्ने निर्णय गरेको छ। जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको सम्मान र सम्झनाका लागि दिवस मनाइने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।

मन्त्री खरेलका अनुसार जेनजी आन्दोलनमा लोकतान्त्रिक अधिकार, न्याय र सुधारका लागि लड्दै बलिदान भएका सबै शहीदप्रति श्रद्धा प्रकट गर्दै सरकारबाट औपचारिक रूपमा दिवस घोषणा गरिएको हो। अबदेखि भदौ २३ गते प्रत्येक वर्ष सरकारी तथा सार्वजनिक कार्यक्रममार्फत जेनजी शहीदहरूको योगदान स्मरण गरिनेछ।

सरकारले यस निर्णयले सामाजिक न्याय, लोकतान्त्रिक अधिकार र जनआन्दोलनको सारलाई संस्थागत गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom